९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङबाट एसईईमा ४ हजार ३ सय ९९ जना सहभागी हुँदै


जनमञ्च संवाददाता
  • १४ चैत्र २०८० , बुधबार

  • बागलुङबाट एसईईमा ४ हजार ३ सय ९९ जना सहभागी हुँदै

    बागलुङ, १४ चैत्र– बिहिबारदेखि नेपालभर एसइइ परीक्षा शुरु हुने भएको छ । नेपालभर यो बर्ष ४ लाख ७५ हजार जनाले एसईई दिने भएका हुन् । यो बर्ष नेपालभर २ हजार ६४ वटा र जापानको टोकियोमा एक परीक्षा केन्द्र राखेर परीक्षा संचालन हुँदैछ ।
    बागलुङमा यो बर्ष ४ हजार ३ सय ९९ जनाले परीक्षा दिन लागेको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा शर्माले ३१ वटा परीक्षा केन्द्रबाट ती बिद्यार्थीले परीक्षा दिन लागेको बताएका हुन् । साधारणतर्फ ४ ह जार ५५ जना, प्राविधिकतर्फ २ सय २९ जना, ग्रेड वृद्दिका लागि १ सय २५ जना परिक्षामा सहभागि हुनेछन् ।
    त्यस्तै तीन जना दृष्टीबिहिनले बलेवास्थित जनताधन माबिबाट परीक्षा दिने छन् भने धौलागिरि बहिरा आबासीय माबिबाट २२ जनाले परीक्षा दिन लागेका छन् ।
    परीक्षालाई म¥र्यादित बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सुरक्षा समिति बनेको छ । त्यस्तै ३१ वटा परीक्षा केन्द्रमा ३१ जना केन्दाध्यक्ष, सहायक केन्द्राध्यक्ष, ४ सय ८९ जना निरीक्षक र १ हजार ९ सय २८ सहायक कर्मचारी तथा ५ सय २३ सहयोगी हटिनेछन् । त्यस्तै हरेक केन्द्रमा १५ जनाको दरले सुरक्षाकर्मी समेत खटाइएको शर्माले जानकारी दिए ।
    पछिल्लो समय एसईईभन्दा कक्षा १२ लाई महत्वपूर्ण गेटको रुपमा लिन थालिएपछि एसईईमा चासो कम भएको छ । तर परीक्षामा मर्यादा कायम गर्न भने कुनै कसुर बाँकी नराख्ने उनले बताए । परीक्षा केन्द्रको अनुगमन गर्न सम्बन्धीत पालिका तहका शिक्षा अधिकारी समेत रहेको पालिका स्तरीय अनुगमन समिति बनेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend