११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कुलो बगेपछि १० दिनदेखि ढोरपाटन अध्यारोमा


जनमञ्च संवाददाता
  • ४ असोज २०७९ , मंगलबार

  • कुलो बगेपछि १० दिनदेखि ढोरपाटन अध्यारोमा

    बागलुङ, ४ असोज – अबिरल वर्षातपछि खसेको पहरोले ढोरपाटन नगरपालिका–७ मा विद्युत्‌को कुलो बगाएको छ । कुलो बग्दा यहाँको भुजीखोला लघु जलविद्युत् आयोजनाको कुलो बगाएको हो । १ सय किलोवाट क्षमताको विद्युत्‌को कुलो बग्दा वडा नंं ७ का ३ सय ५० घरले बिजुली बाल्न पाएका छैनन् । अन्धकारमा बस्नु पर्दा उनीहरुको दैनिकी कष्टकर भएको स्थानीयले गुनासो गरे ।

    ‘बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य दिएपनि बिहान बेलुकी अँध्यारो हुँदा त्यसै आएका छन्,’ ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइल समेत चार्ज गर्न सकिएको छैन ।’ चाडपर्वको बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्न समेत नसकिएको उनले गुनासो गरे ।

    ढोरपाटन नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाको भरमा दशकअघि बनेको यो लघु विद्युत्‌को भरमा स्थानीयले कुटानी पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा समेत चलाएका थिए ।

    ‘भत्के/बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो,’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, ‘चापपर्वमा बत्ती समेत नभए कसरी खुसी हुने ?’ कायतले स्थानीय युवाहरु परिचालन गरेर अस्थायी रुपमा पानी चलाउने प्रयास भएको बताए ।

    भुजी खोलाको पानीबाट निकालिएको विद्युत्‌को झन्डै २० मिटर खण्ड कुलो पहिरोले बगाएको हो । बगेको पहिरो तीन सय मीटर उचाइको छ । भीरमा गएर काम गर्न समेत कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेको कायतले जानकारी दिए । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकामा सहयोग मागेका छन् ।

    वर्षात नरोकिएकोले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले बताए । ‘पहिरो अझै खस्ने जस्तो देखियो, त्यसैले मौसम सुख्खा भएपछि मात्रै धेरै लगानी गर्ने लक्ष राखिएको छ,’ कायतले भने, ‘अस्थायी रुपमा पानी चलाउन पनि स्थानीयको १० लाख बढी खर्च हुने भयो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend