२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

दुई विमान एकआपसमा ठोक्किएपछि…


जनमञ्च संवाददाता
  • १३ असोज २०७९ , बिहिबार

  • दुई विमान एकआपसमा ठोक्किएपछि…

    लन्डन – बेलायतको हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबीसीले जनाएको छ।

    ‘घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,’ उनले भनेका छन्।

    कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन्। एक विमानको पंखामा क्षति भएको बताइएको छ।

    ‘हामी विमानभित्र भए पनि केह भएको महसुस गरेनौं। किनकि कसैलाई चोटपटक लागेको हामीले सुनेनौं,’ उनले भनेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend