२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

हत्या घटनामा फरार अभियुक्त १३ वर्षपछि पक्राउ


जनमञ्च संवाददाता
  • २४ कार्तिक २०७९ , बिहिबार

  • हत्या घटनामा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

    बागलुङ, २४ कात्तिक– जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तहरु पक्राउ गरेको छ । प्रहरीको सक्रियताले फरार भएका अभियुक्त पक्राउ गर्न सफल भएको हो । पछिल्लो पटक प्रहरीले २०६६ सालको हत्या घटनामा फरार भएका अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक दयानीधि ज्ञवालीले बताए ।
    २०६६ सालको मंसिर ३०गते ढोरपाटन नगरपालिका–९ का मनप्रसाद बिकको हत्या गरी भागेका पिमबहादुर बिक पक्राउ परेका हुन् । ढोरपाटन नगरपालिका–९ बोबाङ घर भएपनि हाल बागलुङ नगरपालिका–१३ बस्दै आएको सुराकीपछि उनी पक्राउ परेका हुन् । उक्त घटनामा जिल्ला अदालतले सजाए नतोक्दा उनी भाग्न सफल भएका थिए । घटनाका अभियुक्त स्थानीय लालबहादुर बिक र घमबहादुर बिकले भने सजाए भोगिसकेका छन् ।
    तत्कालिन जिल्ला न्यायाधिस रामेश्वरनाथ अमात्यले गम्भिर हत्याको घटनाका अभियुक्तलाई ६ महिनामै सफाइ दिएका थिए । अदालतको आदेशले छुटेका पिमबहादुर उच्चमा मुद्दा परेपछि भागेका थिए । उच्च अदालत हुँदै मुद्दामा सार्वोच्च पुग्दा उनीहरुले १२ बर्ष ६ महिना जेल सजाए पाएका थिए । दुई अभियुक्तलाई प्रहरीले उच्च अदालतको फैसला भएकै समय २०६६ मै पक्राउ गरेको हो ।
    पिमबहादुर भने लुकिछिपी बसेका थिए । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा, प्रहरी निरीक्षक भुपेन्द्र गिरी सहितको टोलीले निरन्तर अनुसन्धान गर्दा यो सफलता मिलेको ज्ञवालीले जानकारी दिए । नविन बिकको जाहेरीले नेपाल सरकार पक्ष रहेको उक्त मुद्दामा सर्बोच्च अदालतका न्यायाधिस बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रको संयुक्त इजलासले फैसला गरेको थियो । उक्त फैसलामा अदालतले हातहतियारले घोची, काटी, तथा हानी रोपी ज्यान मारेको समेत फैसलामा उल्लेख छ ।
    बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ
    तीन वर्षअघि बैंकिङ कसुरमा फरार भएका अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बागलुङ नगरपालिका–१३ का बिष्णु गिरीलाई पक्राउ गरेको हो । काठमाण्डौ जिल्ला नार्गाजुन नगरपालिका–९ का तार्कबहादुर कुँवरको जाहेरीले उनीबिरुद्ध बैंकीङ कसुर मुद्दा लागेको थियो । उच्च अदालत पाटनले २०७६ को कात्तिक १ गते गिरिलाई पक्राउ आदेश दिएको थियो । उनले २० दिन कैद र ७ लाख ९६ हजार जरिवाना तिर्नुपर्ने छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend