१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

पर्वतमा मतगणनाको तयारी हुँदै


जनमञ्च संवाददाता
  • ५ मंसिर २०७९ , सोमबार

  • पर्वतमा मतगणनाको तयारी हुँदै

    पर्वत, ५ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो ।
    यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६४ मध्ये १२ हजार एक सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार आठ सय २० मध्ये १८ हजार एक सय ३, महाशिला गाउँपालिकामा आठ हजार तीन सय ८७ मध्ये चार हजार एक, मोदी गाउँपालिकामा १९ हजार आठ सय ३६ मध्ये १० हजार पाँच सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार छ सय २० मध्ये छ हजार चार सय १९ मत खसेको हो ।
    जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २२ हजार छ सय १९ मध्ये ६६ हजार दुई सय ७३ मत खसेको छ । सोे कार्यालयका प्रवक्ता राजु ढुंगानाका अनुसार जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन् । बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि सुरु गर्ने तयारी गरिएको ढुंगानाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend