बागलुङ, ६ मंसिर– बागलुङ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी मतगणनामा मतान्तर बढाएका छन् । जारी मतगणनामा केसीले चार हजार नौ सय ३५ मत प्राप्त गरे भने उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले चार हजार तीन सय ९० मतसहित पछ्याएका छन् । केसी पाठकभन्दा ५४५ मतले अघि छन् ।
राष्ट्रिय जनमोर्चाको आधार क्षेत्र मानिएको बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको वडा नं. १० राङखानीको मत गन्दा केसी पाँचसय मत बढीको अन्तरले अघि लागेका हुन् । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले दुई हजार ६२९ मत पाएका छन् ।