बेनी, ६ मंसिर–म्याग्दीमा स्थगित भएको मतगणना पुनः सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मालिका गाउँपालिका५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको थियो । दलहरुकाबीच सहमति गरेर मतगणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।