काठमाडौं, ११ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ई’ मा जापानलाई १–० गोलको नतिजामा पराजित गर्दै कोस्टारिकाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
अमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा कोस्टारिकालाई जित दिलाउन केइसर फुलेरले गोल गरे ।
पहिलो हाफ गालरहित बराबरीमा सकिएको खेलको ८१औं मिनेटमा फुलेरले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए । त्यसपछि जापानले बराबरी गोल गर्ने थुपै्र अवसर पाएपनि त्यसलाई सदुपयोग गर्ननसक्दा कोस्टारिकाले पहिलो जित निकाल्दै तालिकामा तीन अंक जोड्यो ।
पहिलो खेलमा जर्मनीलाई २–१ गोलको नतिजमा पराजित गरेको जापान कोस्टारिकालाई हराउँदै अन्तिम १६ पुग्ने लक्ष्यमा थियो । पहिलो खेलमा कोस्टारिका स्पेनसँग ७–० गोलको नतिजामा पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा जापानले स्पेनसंग प्रतिस्पर्धा गर्नेछ भने, कोस्टारिकाले जर्मनीको सामना गर्नेछ ।