१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

समानुपातिक मतमा बागलुङ: संघमा कांग्रेस र प्रदेशमा एमाले पहिलो


जनमञ्च संवाददाता
  • १३ मंसिर २०७९ , मंगलबार

  • समानुपातिक मतमा बागलुङ: संघमा कांग्रेस र प्रदेशमा एमाले पहिलो

    बागलुङ, १३ मंसिर – समानुपातिक मत परिणाम अनुसार बागलुङमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस र प्रदेश सभातर्फ नेकपा एमालेले बढी मत पाएका छन् ।
    २०७४ को निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेपाली कांग्रेसले बढी मत प्राप्त गरेको थियो । यस पटक कांग्रेसले प्रतिनिधि सभामा पहिलो स्थान प्राप्त गरेपनि प्रदेश सभामा भने एमालेले जितेको छ ।
    जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार प्रतिनिधि सभा (संघ)तर्फ नेपाली कांग्रेसले ३२ हजार ७ सय ७६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा १६ हजार ४ सय ९३ र क्षेत्र नम्बर २ मा १६ हजार २ सय ८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
    प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३० हजार ८ सय ९६ मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नम्बर १ मा १५ हजार ४ सय २८ र क्षेत्र नम्बर २ मा १५ हजार ४ सय ६८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रले ११ हजार २ सय ४ र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ३३, पाँचौं स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले ८ हजार ६ सय १६, छैठौं स्थानमा रहेको राप्रपाले १ हजार ३ सय ४३ मत र सातौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले ६ सय ४३ मत प्राप्त गरेको छ।
    प्रदेश सभातर्फ भने नेकपा एमालेले धेरै मत प्राप्त गरेको छ । एमालेले प्रदेश सभातर्फ ३३ हजार १ सय ७१ मत प्राप्त गरेको छ। एमालेले क्षेत्र नम्बर १ मा १६ हजार ९ सय ६५ र क्षेत्र नम्बर २ मा १६ हजार २ सय ६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।
    प्रदेश सभातर्फ दोस्रो स्थानको नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा १६ हजार ५ सय ३७ र क्षेत्र नम्बर २ मा १४ हजार ५ सय ९८ मत गरी कुल ३१ हजार १ सय ३५ मत, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ हजार ९ सय ३० मत, चौथो स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले ११ हजार ९ सय ३० मत, पाँचौं स्थानमा रहेको राप्रपाले १ हजार ७ सय ८३ मत र छैठौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले ८ सय २ मत प्राप्त गरेको छ ।
    आम निर्वाचन २०७४ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, राष्ट्रिय जनमोर्चा तेस्रो र नेकपा माओवादी केन्द्रले चौथो स्थान प्राप्त गरेको थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend