२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

महाअभियोग लागेपछि पेरुले पायो महिला राष्ट्रपति


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७९ , बिहिबार

  • महाअभियोग लागेपछि पेरुले पायो महिला राष्ट्रपति

    काठमाडौं, २२ मंसिर – पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् ।

    यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ ।

    यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो । त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

    ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताइन् । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो ।

    शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको बताएकी छन् । उनले भनिन्, ‘यो देशलाई बचाउन मलाई थोरै समय चाहिन्छ ।’

    बीबीसीले बुधबार पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको उल्लेख गरेको छ । बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गरेका थिए । उनले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणासमेत गरे । त्यसपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए ।

    त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो । महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे । १० जना सांसदहरुले भने भोटिङमा भाग लिएनन् ।

    महाअभियोगको प्रस्ताव पारित भएपछि पेड्रो कास्टिलोलाई प्रहरीले नियन्त्रणमा लियो । कास्टिलोले सन् २०२१ मा राष्ट्रपति पद सम्हालेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend