२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदरभन्दा बढी हुने


जनमञ्च संवाददाता
  • २७ मंसिर २०७९ , मंगलबार

  • यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदरभन्दा बढी हुने

    काठमाडौं, २७ मंसिर– यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम सरदरभन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
    सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समयको ३३ दशमलब ३ देखि ६६ दशमलब ६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।
    यसैगरी सरदरभन्दा कम वर्षा÷तापक्रम भन्नाले ३३ दशमलब ३ प्रतिशतभन्दा कम र बढी भन्नाले ६६ दशमलब ६ प्रतिशतभन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ ।
    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त विभागले हिउँद अवधिको वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।
    गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने यस हिउँदमा अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको मौसमविद्को भनाई रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend