२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

आगलागी हुँदा घरगोठ जल्यो


जनमञ्च संवाददाता
  • ७ पौस २०७९ , बिहिबार

  • आगलागी हुँदा घरगोठ जल्यो

    बागलुङ, ७ पुस– स्थानीय मदिरा बनाउने क्रममा आगो फैलिएर अनियन्त्रित भएपछि बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा घरगोठ जलेर नष्ट भएको । आगलागीबाट अर्गलको किकल्टाका विर बहादुर घर्तीका घरगोठ जलेको हो ।
    मदिरा बनाईरहेको ठाउँबाट सल्केको आगो घरमा फैलिएपछि परिवारले भागेर ज्यान जोगाएका थिए । घर्तीको घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उनको गोठमा बाँधिएको भैंसी आगोले जलेर मरेको घर्तीले बताए । घरमा राखिएको अन्नपात, लत्ताकपडा सबै जलेपछि घर्ती परिवार बिचल्लीमा परेको छ ।
    आगलागीका कारण घरमा रहेको ४५ हजार नगद, २ तोला सुन, टिभी, १६ मुरी मकै, धान, चामल, भट्ट, कपडा भाँडाकुडालगाएका सामग्री जलेको घर्तीले बताए । घरगोठ जल्दा घर्तीको २५ लाख बराबर धनमाल नष्ट भएको स्थानीय गोविन्द बहादुर घर्तीले बताए । एउटै घरमा भुँईतलामा गोठ र माथिल्लो तलामा बसोबास गर्दै आएको घर्ती परिवार बिचल्लीमा परेको छ । छिमेकीको घरमा उनको परिवारलाई राखिएको गोविन्दले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend