८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टीपछि तनहुँको भानु मावि बन्द


जनमञ्च संवाददाता
  • १ पौस २०७८ , बिहिबार

  • शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टीपछि तनहुँको भानु मावि बन्द

    तनहुँ, १ पुस – शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका–२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टी भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो ।

    ५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टी भएको हो । शुक्रबारदेखी ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

    थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखी विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परिक्षण हुदाँ अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रिमित छन् । जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो । यो साता फेरी संक्रमित बढेका छन् ।

    दोस्रो लहरको कोरोना सुरु भएपछि बैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टी भएको छ । पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ । १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
    जिल्लाका ६५ हजार ८३८ जनाले कोरोना विरुद्धको पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए । उनका अनुसार २० हजार ३७८ जनाले कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend