२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

गण्डकी प्रदेशका सांसदले शपथ लिए


जनमञ्च संवाददाता
  • १४ पौस २०७९ , बिहिबार

  • गण्डकी प्रदेशका सांसदले शपथ लिए

    पोखरा, १४ पुस– गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
    ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् ।
    सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend