२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

दुई रणनीतिक सडकको काम धमाधम


जनमञ्च संवाददाता
  • १५ पौस २०७९ , शुक्रबार

  • दुई रणनीतिक सडकको काम धमाधम

    बागलुङ, १५ पुस– ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुई निर्वाचन क्षेत्रका सडक कालोपत्रे गर्न धमाधम पूर्वाधारको काम भइरहेको छ ।
    बागलुङको गलकोट नगरपालिका हरिचौरदेखि बडिगाड, निसीखोलाहुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक र बागलुङ बजारको अदालत चौपारीहुँदै सिगाना, चापाखर्क, बरेङ शान्तिपुर जोड्ने सडकमा पुर्वाधार निर्माणको काम भइरहेको हो ।
    क्षेत्र नम्बर २ अन्तर्गतको गलकोट हरिचौरदेखि बडिगाड, निसीखोलाहुँदै प्यूठान जोड्नेसडक कालोपत्रेका लागि आवश्यक स्तरोन्नतिको काम धमाधम भइरहेको गलकोट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजबहादुर थापाले बताए ।
    सडक डिभिजन कार्यालय बागलुङका अनुसार हरिचौरदेखि प्यूठान जोड्ने सडक ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अगाडि बढाएको हो । उक्त बजेटबाट आवश्यक पूर्वाधारसहित आठ किलोमिटर सडक कालोपत्रे गरिने निर्माण कम्पनी लोपूर्ण कन्सट्रक्सन प्रालिका प्रबन्धक अमिन लामाले बताए ।
    यस्तै, बागलुङ बजारदेखि सिगानासम्मको सडक कालोपत्रेका लागि सडक चौडा पार्ने, ग्याबिन लगाउने र नाली काट्ने काम भइरहेको सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्र्डसका इन्जिनियर विपिन क्षेत्रीले बताए । सम्झौता अगावै सडक कालोपत्रे सक्ने लक्ष्यका साथ काम भईरहेको निर्माण कम्पनीले दाबी गरेको छ ।
    बागलुङका दुईवटै रणनीतिक सडकमा धमाधम काम भइरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । तोकिएको समयभित्रै कालोपत्रे सक्ने गरी निर्माण कम्पनीले कामलाई तीव्रता दिएपछि प्रभावित क्षेत्रका स्थानीय खुसी भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend