२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने राष्ट्रपति पुटिनको इच्छा


जनमञ्च संवाददाता
  • १ पौस २०७८ , बिहिबार

  • बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने राष्ट्रपति पुटिनको इच्छा

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्मेलनमा २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन इच्छा व्यक्त गरेका छन्।

    अमेरिका, बेलायत र अस्ट्रेलियालगायतका केही देशहरूले अर्को वर्ष बेइजिङमा हुने खेलको कूटनीतिक बहिष्कार गर्ने बताएको वेला राष्ट्रपति पुटिनको यस्तो प्रतिक्रिया आएको हो।

    ‘मलाई आशा छ कि हामी अन्ततः अर्को फेब्रुअरीमा बेइजिङमा प्रत्यक्ष भेट्न सक्षम हुनेछौँ। हामीले पहिले नै सहमति गरेझैँ हामी शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा भाग लिनुअघि वार्ता गर्नेछौँ,’ पुटिनले सीलाई भने।

    चीनको कथित मानवअधिकार उल्लंघनको बढ्दो आलोचनाका बीच अमेरिकाको नेतृत्वमा रहेको कूटनीतिक बहिष्कारसँगै आर्थिक हिसाबले चीनमा धेरै भर परेको अमेरिकी सहयोगी जापानले पनि बेइजिङ ओलम्पिकमा क्याबिनेट मन्त्रीहरूलाई नपठाउने विचार गरिरहेको छ।

    यसअघि अमेरिका, बेलायत, अस्ट्रेलिया र लिथुआनियाले पनि बेइजिङ शीतकालीन ओलम्पिकलाई कूटनीतिक बहिष्कारको घोषणा गरेका थिए। क्यानडा खेल बहिष्कार गर्ने पाँचौँ देश बनेको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend