९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
फेब्रुअरी २३ देखि विमानस्थल दैनिक १८ घन्टा संचानलमा आउने

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न आइतबार पोखरामा सार्वजनिक बिदा


जनमञ्च संवाददाता
  • १६ पौस २०७९ , शनिबार

  • अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न आइतबार पोखरामा सार्वजनिक बिदा

    पोखरा, १६ पुस – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शनिबार सूचना जारी गर्दै उद्घाटन समारोहमा व्यापक सहभागिता रहोस् भन्ने उद्देश्यसाथ महानगर कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागू हुनेगरी स्थानीय बिदा दिइएको बताएका छन् ।

    उनले महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्यरुपमा उद्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन पनि दिएका छन् ।

    उद्घाटनका अवसरमा आइतबार अमरसिंहचोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने भएको छ । साथै कौडा नृत्य, घाटु नाच, याक नृत्य, बालबालिकाको नृत्यलगायत विभिन्न सांगीतिक कार्यक्रम पनि हुनेछन्।

    उक्त अवसरमा २०३०र०३१ मा विमानस्थलको परिकल्पना गरी जग्गासमेत छुट्याएका तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दनसमेत गरिने छ । तत्कालीन पोखरा विकासको योजनाकार पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दनको कार्यक्रम थियो । उनी देशबाहिर रहेकाले त्यो संभव भएन ।

    महानगरले ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीका लागि गर्वको विषय रहेको भन्दै तत्कालीन समयमा जग्गा अधिग्रहण गर्नेदेखि यसको निर्माणमा निरन्तर लागिरहेकाप्रति आभार व्यक्त पनि गरेको छ ।

    महानगर प्रमुख धनराज आचार्यले विमानस्थल यस क्षेत्रको लाइफलाइन भएको भन्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्नुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने विश्वास लिएका छन् ।

    उद्घाटनमा अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका नेता, उद्योगी, पर्यटन व्यवसायीलगायतको सहभागिता रहनेछ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दलका सदस्य तथा यात्रुलाई स्वागत पनि गरिने विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि विमानस्थल दैनिक १८ घन्टा संचानलमा आउने छ ।

    आइतबार उद्घाटन हुने भए पनि विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ । पोखराबाट भारतको बनारसमा पहिलो उडान भर्न बुद्ध एयरले प्रक्रिया बढाए पनि भारतीय पक्षबाट अनुमति नमिल्दा अन्तर्राष्ट्रिय उडान नहुने भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend