२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

श्रीकृष्ण आधारभुत विद्यालयको ६२ औँ वार्षिकोत्सव


जनमञ्च संवाददाता
  • १८ पौस २०७९ , सोमबार

  • श्रीकृष्ण आधारभुत विद्यालयको ६२ औँ वार्षिकोत्सव

    बागलुङ, १८ पुस– श्रीकृष्ण आधारभुत विद्यालय मालिका बान्द्रे बागलुङको ६३ औँ बार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
    वार्षिकोत्सवको उद्घाटन गर्दै नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले अधिकांश शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँदा सामुदायिक बिद्यालयको गुणस्तर खस्केको चर्चा गर्दै आफु कार्यरत विद्यालयलाई विश्वास गर्न नसक्ने शिक्षकबाट विद्यालयको भौतिक र शैक्षिक विकास हुन नसक्ने बताए ।
    विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले आर्थिक र शिक्षक घनश्याम रिजालले शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पुर्वशिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद शर्मा, जग्गादाता प्रेम प्रसाद सापकोटा, समाजसेवी बलराम सापकोटा, बिद्यार्थी आयुस्मा रिजाल र शुभलक्ष्मी आचार्यले बोलेका थिए ।
    वार्षिकोत्सवको अवसरमा विद्यालयको अक्षयकोषबाट १ लाख बराबरको खेलकुद पोशाक वितरण र उत्कृष्ट अंक ल्याउने तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
    कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षता, शिक्षक खडानन्द सापकोटभको स्वागत र शिक्षक रेशम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend