२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै


जनमञ्च संवाददाता
  • २२ पौस २०७९ , शुक्रबार

  • राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै
    ????????????????????????????????????

    म्याग्दी, २२ पुस– जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ ।
    ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको आयोजनामा जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको जलविद्युत आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ ।
    राहुघाट जलविद्युत्मा कुल ६ हजार २ सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म ३ हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए । मासिक १ सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको विष्टको भनाई छ ।
    आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थु्र’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युत् गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।
    रघुगंगाको दग्नाम र झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावरइन्टेक, मुख्य सुरुङमार्ग लगायतका पूर्वाधार निर्माण भइरहेको छे । पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।
    भारतीय आयात–निर्यात बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग सन् २०२३ अगस्त सम्मका लागि पुनः म्याद थप भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend