बागलुङ, २३ पुस– रोट्याक्ट क्लब अफ बागलुङले बागलुङ नगरपालिका–१२, अमलाचौर स्थित एक बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको छ ।
‘स्वार्थभन्दा माथि सेवा’ भन्ने नारालाइ आत्मसाथ गर्दै सामाजिक तथा रचनात्मक कार्यमा क्रियाशिल हुदै आइरहेको रोट्याक्ट क्लब अफ बागलुङले कृष्ण प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको हो ।
प्रत्येक बर्ष गर्दै आइरहेको ‘जाडोमा न्यानो कार्यक्रम’अन्र्तगत यसबर्ष कृष्ण प्राथामिक बिद्यालयमा अध्ययनरत १८ जना बिद्यार्थीहरुलाइ ट्याकसुट, टोपी, जुत्ता र मोजा बितरण गरेको क्लवका सचिव आरती रोकाले जानकारी दिइन् ।
कार्यक्रममा बानपा–१२ का वडा अध्यक्ष कोपिलामणि शर्माले सरकारले गर्ने काम सामाजिक संस्थाले गर्नु पुण्यको काम भएको बताए । क्लवका अध्यक्ष अध्यक्ष झोकेन्द्र थापा मगरले क्रेक च्याट टिम अष्ट्रेलिया लगाएको आर्थिक सहयोग र सापकोटा स्टेश्नरी बाग्लुङबाट शैक्षिक सामाग्री सहयोगमा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।