२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिकलाई सम्मान


जनमञ्च संवाददाता
  • २३ पौस २०७९ , शनिबार

  • मालिका सेवा समाजद्धारा जेष्ठ नागरिकलाई सम्मान

    बागलुङ, २३ पुस– मालिका सेवा समाजले बागलुङ नगरपालिका–५ मालिकाका ३७ जना जेष्ठ नागरिकलाई सम्मान र ६ जना पूर्ण अपाङ्गलाई सहयोग गरेको छ ।
    समाजले पायक पर्ने ठाउँ वा घरमै पुगेर सम्मान र सहयोग गरेको हो । सो अबसरमा जेष्ठ नागरिक तथा पूर्व प्रधानपञ्च कृष्णराज शर्माले मालिका सेवा समाजको कार्य अत्यन्तै राम्रो रहेको भन्दै जेष्ठ नागरिकको न्यास्रोपनमा खुशी छाएको धारणा व्यक्त गरे ।
    कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद शर्माले मालिका सेवा समाजको सामाजिक भावनाले वास्तविक सेवाको भाव झल्किएको बताए ।
    कार्यक्रममा वडा सदस्य बलराम सापकोटा, चक्रपाणी सापकोटा, बानपा ६ का जनप्रतिनिधि कृष्ण सापकोटा, मालिका सेवा समाजका निबर्तमान अध्यक्ष दुर्गाबहादुर कँुवर, कार्यक्रम संयोजक याम बहादुर कुँवर, कोषाध्यक्ष प्रकाश केसी, टिका खड्का, पार्बती खड्का लगायतले बोलका थिए ।
    समाजले मालिका घर भई बागलुङ बजारमा बस्नेलाइ समेत सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक यामबहादुर कुँवरले बताए । कार्यक्रम सस्थाका अध्यक्ष जीवननाथ शर्माको अध्यक्षता उपाध्यक्ष तेजबहादुर कुँवरको स्वागत र सचिब खडानन्द सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend