२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङ जेसीजको अध्यक्षमा सौरभ श्रेष्ठ


जनमञ्च संवाददाता
  • २४ पौस २०७९ , आइतबार

  • बागलुङ जेसीजको अध्यक्षमा सौरभ श्रेष्ठ

    बागलुङ, २४ पुस– बागलुङ जेसीजको ४५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेसनले सौरभ श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । श्रेष्ठ वर्ष २०२३ को लागि निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।
    अधिवेसनले कार्यकारी उपाध्यक्षमा सुशान्तकृष्ण श्रेष्ठ र गणेश महतो, उपाध्यक्षमा रुशन सापकोटा, सौरभ खत्री, सुलभ खड्का र प्रेम ढकाल, महासचिवमा अञ्जिला श्रेष्ठ, कोषाध्यक्षमा बलराम कंडेल चयन भएका छन् ।
    त्यसैगरी, जेसीज वर्ष २०२३ को तालिम संयोजकमा विन्दा कार्की (सोनी) र निर्देशकमा प्रतिभा के.सी र रोहन जि.सी चयन भएका हुन् ।
    साधारणसभाको उद्घाटन बागलुङ जेसीजका पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले गरेका थिए । उनले युवाहरुको क्षमता विकासमा जेसीजको भूमिका महत्वपूर्ण भएको बताए । कार्यक्रममा बागलुङ जेसीजका पुर्व अध्यक्ष इन्द्रा श्रेष्ठ, सुदिप राजभण्डारी, पार्वती अधिकारी, लालकुमारी बस्नेत (अम्बिका) लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
    कार्यक्रम बागलुङ जेसीज वर्ष २०२२ का निर्वतमान तथा कार्यबहाक अध्यक्ष आनन्दराज रेग्मी, स्वागत बागलुङ जेसीज वर्ष २०२२ का कानुनी सल्लाहकार सुरेन्द्र शाक्य र सञ्चालन बागलुङ जेसीज वर्ष २०२२ का महासचिव गणेश महतो र पुर्व अध्यक्ष तथा २०२३ का निर्वाचन अधिकृत आशिक राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । जेसीजले हरेक बर्ष नेतृत्व परिवर्तन गर्ने गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend