९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा


जनमञ्च संवाददाता
  • २९ पौस २०७९ , शुक्रबार

  • चालु खाता घाटा करिब ३८ अर्ब, शोधनान्तर बचतमा

    काठमाडौं, २९ पुस– चालु आर्थिक वर्ष २०७९ को मङ्सिर मसान्तसम्म चालु खाता घाटा करिब ३८ अर्ब पुगेको छ । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ ।
    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ । गत आवको समीक्षा अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो ।
    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५ दशमलव तीन प्रतिशतले कमी आई तीन अर्ब ४७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ६४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू सात अर्ब सात करोड रहेको थियो ।
    राष्ट्र बैंकका अनुसार गत मङ्सिर मसान्तसम्ममा शोधनान्तर स्थिति ५ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्बले घाटामा थियो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पाँच महिना अवधिमा छ दशमलव तीन प्रतिशतले बढेर मङ्सिर मसान्तसम्ममा १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।
    गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend