२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङकी लोक गायिका छन्त्याल सवार थिइन् दुर्घटनाग्रस्त विमानमा


जनमञ्च संवाददाता
  • १ माघ २०७९ , आइतबार

  • बागलुङकी लोक गायिका छन्त्याल सवार थिइन् दुर्घटनाग्रस्त विमानमा

    पोखरा, १ माघ– पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा आइतवार दुर्घटनामा परेको यति एयरलाइन्सको विमान दुर्घटनामा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ । बागलुङ घर भएकी गायिका छन्त्याल आइतबार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर–७२ जहाजमा काठमाडौंबाट आएकी थिइन् ।
    ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ । गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेखेकी थिइन् । ‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन् । आइतवार मात्रै उनले माघे संक्रान्तिको शुभकामना पनि दिएकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend