काठमाडौं, ७ माघ– प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा भएको मतदानमा सत्ता गठबन्धनकी इन्दिराले १६६ मत पाएर उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत पाएकी छन् । उनलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो । नेपालको संसदीय इतिहासमा इन्दिरा १२ औं उपसभामुख हुन् ।