२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

प्रवासी नेपालीको सहयोगमा अमर माविमा कम्प्युटर ल्याब स्थापना


जनमञ्च संवाददाता
  • ९ माघ २०७९ , सोमबार

  • प्रवासी नेपालीको सहयोगमा अमर माविमा कम्प्युटर ल्याब स्थापना

    म्याग्दी, ९ माघ– जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ ।
    सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका (आन्मा)को सहयोगमा संकलन गरिएको सहयोग रकमबाट कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
    कोलम्बस म्याराथनको अभियान ‘एक प्रदेश एक कम्प्युटर ल्याब’अन्तर्गत अमर माविसहित देशका विभिन्न १० सरकारी विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको अभियान्ता दाहालले जानकारी दिए ।
    उहाँका अनुसार १० वटा कम्प्युटर ल्याब स्थापनाका लागि ३ सय आठ सहयोगदातामार्फत ३८ लाख ४ सय ४४ रुपैयाँ संकलन भएको थियो । अमर माविको ल्याब स्थापनामा कार्यसमिति सदस्य सन्दिप सिंहले तीन हजार अमेरिकी डलर सहयोग गरेका थिए ।
    विद्यालयमा आयोजित कार्यक्रममा समन्वयकर्ता कमला दाहाल र संस्थाका नेपाल प्रतिनिधि कुन्दन शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढा र प्रधानध्यापक पृर्थबहादुर थापालाई १० थान कम्प्युटर, प्रोजेक्टर र प्रिन्टर प्रदान गरेका थिए ।
    उक्त कम्प्युटर ल्याबको नाम मुख्य सहयोगदाता सन्दिप सिंहकै नामबाट नामाकरणसमेत गरिएको छ । समन्वयकर्ता कमला दाहालले ग्रामीण भेगमा रहेको विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएपछि आधुनिक सूचना प्रविधिकको पहुँच र प्रयोगबाट विद्यालयका शैक्षिक प्रगति र विद्यार्थीलाई कम्प्युटर शिक्षा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend