२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

लोकमार्गको गलकोट खण्डमा नाली बन्दै


जनमञ्च संवाददाता
  • १० माघ २०७९ , मंगलबार

  • लोकमार्गको गलकोट खण्डमा नाली बन्दै

    बागलुङ, १० माघ– मध्यपहाडी लोकमार्गअन्र्तगत घोडाबाँधेदेखि हटिया सम्मको जीर्ण सडक मर्मतको काम शुरु भएको छ । सडकको घुम्ती चक्ल्याउने, पहिरो खसेका स्थानमा पर्खाल लगाउने र सडक पेटीमा नाली निर्माणको काम थालिएको हो ।
    पाँच बर्षअघि नै कालोपत्रे भएको लोकमार्गको घोडाबाँधेदेखि गलकोट खण्डको २० किलोमीटर सडकखण्ड जीर्ण बनेको थियो । सडकमा नालीसमेत नहुँदा बर्षात्मा बाढी पसेर सडक ध्वस्त भएको थियोभने पहिरोले सयौं रोपनी जमिन पुरिएको थियो ।
    गत आर्थिक बर्षदेखि लोकमार्ग आयोजना कार्यालयले सडक मर्मतको काम थालेपनि पुरा हुन सकेको थिएन । गत कात्तिकदेखि भने नाली निर्माण, पर्खाल बनाउने र खाल्डा पुर्ने काम शुरु भएको लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
    ‘हामीले अहिले काम थालेका छौं, छिट्टै सक्छौं’ भण्डारीले भने, ‘बर्षात् धेरै भएकोले काम गर्न कठिन थियो, हिउँदमा काम सकेर सहज बनाउँछौं ।’ ५२ करोड रुपैयाँको लागतमा सडक पुननिर्माण, मर्मत र सुधारका काम थालिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend