बागलुङ, १३ माघ– विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औ स्थापना दिवश त्रिदिवसिय कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ । मंगलबारदेखी स्थापना दिवस मनाउन शुरु गरेको पुस्तकालयले बिहिबार पुर्व अध्यक्ष सम्मान, बालबालिकालाई स्टेशनरी वितरण तथा सरस्वती पुजासहित कार्यक्रमको समापन गरेको हो ।
कार्यक्रममा पुस्तकालयका पुर्व अध्यक्ष पद्मचन्द्र राजभण्डारीलाई पुस्तकालयले सम्मान गरेको छ । राजभण्डारीलाई पुस्तकालयका कार्यबाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सम्मानपत्र सहित दोशल्ला ओढाएर सम्मान गरेका थिए ।
यस्तै पुस्तकालयका संस्थापक श्याम श्रेष्ठले आफ्ना छोराहरुको नाममा स्थापना गरेको शिशिर हेमन्त बाल अक्षयकोषबाट बालबिकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा बागलुङ बजार स्थित कविराज सुनार र जुनु सुनारले पुस्तकालयमा ५० हजार रुपयाँको अक्षयकोष स्थापना गर्नु भएको पुस्तकालयका सचिव राजन प्रसाद शर्माले जानकारी दिए । नगरप्रमुख श्रेष्ठले पुस्तकालय ज्ञानको भण्डार भएकाले यसको बिकास र संरक्षणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा पुस्तकालयका प्रधानसंरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक समिति सदस्य साहित्यकार प्रेम छोटा, अक्षयकोष दाता कविराज सुनार, पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुस्तकालयको ईतिहासबारे सल्लाहकार संरक्षक काजिगाउले श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।