१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज


जनमञ्च संवाददाता
  • २० फाल्गुन २०७९ , शनिबार

  • पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज

    म्याग्दी, २० फागुन– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित नयाँ पर्यटकीय गन्तव्य नारच्याङ झरना जोड्ने पदमार्ग निर्माण भएको छ ।
    झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावतमा सहजताका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।
    उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले कार्यालयको सहयोगमा भिरालो पाखोको उकालोमा एक सय ५० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको जानकारी दिए । ‘पालिकाको दश लाख विनियोजन गरी पदमार्ग निर्माण थालिएको हो, यसमा स्थानीयले १० प्रतिशत श्रमदान गरेका छन्’ फगामीले भने ।
    नारच्याङ गाउँदेखि झरनासम्म थप एक किलोमिटर पदमार्ग निर्माण आवश्यक भएको फगामीको भनाई छ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने जोखिम थियो । पदमार्ग निर्माणलाई पूर्णता दिन योजनालाई निरन्तरता दिइने वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए ।
    बेनी–जोमसोम सडकको नागढुंगादेखि पाँच मिनेट सवारीसाधन र आधा घन्टा पैदल हिँडेर झरना भएको स्थानमा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात घरमा घरबास ‘होमस्टे’ सञ्चालन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend