१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

पूर्वशिक्षकद्वारा विद्यालयलाई दुई लाख बढीआर्थिक सहयोग


जनमञ्च संवाददाता
  • २२ फाल्गुन २०७९ , सोमबार

  • पूर्वशिक्षकद्वारा विद्यालयलाई दुई लाख बढीआर्थिक सहयोग

    म्याग्दी, २२ फागुन– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानाको काभ्रेस्थित सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले दुई लाख बढी आर्थिक सहयोग गरेका छन् । दानाका गंगाबहादुर पुर्जा र उनकी श्रीमती योमाया पुर्जाले एक लाख ५१ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेका हुन् ।
    बिदा मनाउने क्रममा नेपाल आएका पुर्जा परिवारले काभ्रे पुगेर विद्यालयलाई रकम हस्तान्तरण गरेका हुन् । पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा अध्यापन गराएका थिए । पचास विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ ।
    शारीरिक रुपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सनवापत दिने रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराएका थिए । उनले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था गरी दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend