१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित


जनमञ्च संवाददाता
  • २८ फाल्गुन २०७९ , आइतबार

  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    काठमाडौं, २८ फागुन– आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको हो ।
    नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ ।
    नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । युएई लि–२ को छैटौँ स्थानमा छ । उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यि तीन राष्ट्रसँगै स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend