१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बागलुङ कालिका मन्दिरमा सोमबारदेखि चैतेदशै मेला


जनमञ्च संवाददाता
  • ११ चैत्र २०७९ , शनिबार

  • बागलुङ कालिका मन्दिरमा सोमबारदेखि चैतेदशै मेला

    बागलुङ, ११ चैत्र– चैत १३ गतेदेखि १७ गतेसम्म बागलुङमा चैत्राष्टमी मेला हुने भएको छ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा मेला हुने भएको हो ।
    शनिबार आयोजित पत्रकार सम्मेलनमा गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए । मेलाका लागि खेल तथा साँस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए ।
    मेलालाई व्यवस्थित बनाउन कुमार खड्काको संयोजकत्वमा मुल समिति गठन भएको छभने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता संचालन हुनेछ ।
    त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रब खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, बिद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचार प्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
    कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई ३ लाख, दोश्रो हुनेलाई १ लाख ५० हजार, तेस्रो हुनेलाई ७० हजार र सान्त्वना २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोश्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिनेछ ।
    यस्तै, छेलोतर्फ प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय संचालन भैरहेको छ । चैतेदशैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामाग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङला, मान्द्रो लगायतका सामाग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका बिभिन्न घरेलु हतियार समेत बिक्री गर्न ल्याउने गरिन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend