१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

चिल्ड्रेनका विद्यार्थीले गरे निम्न आय भएका विद्यार्थीलाई पोशाक सहयोग


जनमञ्च संवाददाता
  • १२ चैत्र २०७९ , आइतबार

  • चिल्ड्रेनका विद्यार्थीले गरे निम्न आय भएका विद्यार्थीलाई पोशाक सहयोग

    बागलुङ, १२ चैत्र– चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङमा अध्ययनरत विद्यार्थीहरुले तीन सामुदायीक विद्यालयका निम्न आय भएका विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् ।
    निम्न मावि तहमा अध्ययनरत विद्यार्थीले अतिरिक्त क्रियाकलापको खर्च घटाएर शैक्षिक सामग्री र पोशाक सहयोग गरेका हुन् । बागलुङ नगरपालिका वडा नं. ९ को तित्याङ, इन्द्र र सरस्वती प्रावि तित्याङका विद्यार्थीलाई स्पोटर्स ड्रेस सहयोग गरेको कक्षा ७ मा अध्ययनरत सिम्रन थापाले जानकारी दिए ।
    कार्यक्रममा तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीमा सामाजिक कार्य प्रतिको चासोले सकारात्मक प्रभाव परेको बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गर्न वडा, विद्यालय व्यवस्थापन समिति र अभिभावकले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेमा थापाले जोड दिए ।
    कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राविका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राविका प्रधानाध्यापक विन्दु शर्मा, सरस्वती प्राविका प्रधानाध्यापक चिजा थापा मगर, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बोर्डिङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend