१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बागलुङमा चैतेदशैं मेला सुरु


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७९ , सोमबार

  • बागलुङमा चैतेदशैं मेला सुरु

    बागलुङमा सोमबारदेखि चैतेदशैं मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बेलाको आयोजना गरेको हो ।
    गण्डकी प्रदेशकै ठूलो मेलाका रुपमा रहेको चैते दशैं मेलामा आयोजना गरिएको राष्ट्रिय भलिबल खेल प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गरेसँगै मेला औपचारिक रुपमा शुरू भएको हो ।
    बागलुङ कालिका कुञ्ज परिसरमा सुरु भएको मेला चैतको १७ गतेसम्म सञ्चालन हुने गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
    मेलाको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले मेला परम्परागत मात्रै नभई खेल, संगीत, उत्पादन र बजारीकरणका हिसाबले महत्वपूर्ण भएको बताए । बागलुङको ऐतिहासिक मेलालाई उपलव्धीमुलक बनाउनुपर्नेमा श्रेष्ठको जोड थियो ।
    सोमबार उद्घाटन भएको भलिबल खेलमा १३ समुह सहभागी छन् । मेलामा बिबिध सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको छभने मेलाको मुल समारोहको उद्घाटन चैत १५ गते चैत्राष्टमीको दिन हुने छ ।
    यसैबीच, गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा आगामी चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्राष्टमीका बेला गण्डकीका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend