१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

कालिका कप भलिबल : उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७९ , बिहिबार

  • कालिका कप भलिबल : उपाधिका लागि पुलिस र गलकोट घुम्टे भीड्ने

    बागलुङ, १६ चैत्र– बागलुङमा जारी चैत्राष्टमी मेला तथा कालीका कप खुला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र गलकोट घुम्टे क्लब फाइनलमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा पुलिसले हिलसाइट निर्माण सेवा सेतो र गलकोटले हिलसाइटकै निलो समूहलाई पराजित गरेर फाइनल यात्रा गरेको हो ।
    बिहिबारको पहिलो सेमीफाइनल खेलमा पुलिसले ३÷१ सेटमा जित हात पारेको हो । त्यस्तै, दोश्रो खेलमा गलकोट घुम्टे क्लबले हिलसाइट निलोलाई पनि ३÷१ कै सेटमा पराजित गरेको थियो । चैतेदशै मेलाको अबसरमा आयोजित खुला भलिबलमा १४ टिमले भाग लिएका थिए । खेलमा पहिलो हुनेले ३ लाख नगद सहित मेडल र प्रमाणपत्र पाउने छन् । दोश्रो हुनेले १ लाख ५० हजार, तृतिय हुनेले ७० हजार र सान्त्वना हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend