१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

धौलागिरी बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व


जनमञ्च संवाददाता
  • १८ चैत्र २०७९ , शनिबार

  • धौलागिरी बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व

    बागलुङ, १८ चैत्र– धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार बिहान बसेको विद्यार्थी संगठनहरुको बैठकले सबैको सहभागिता हुनेगरी स्ववियुमा नयाँ नेतृत्व चयन गरेको हो ।
    स्ववियु सभापतिमा सुदिप सागर कँडेल सर्वसम्मत चयन भएका छन् । नेपाल बिद्यार्थी संघको तर्फबाट उनी सभापति चयन भएका हुन् । उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
    स्ववियुको सह–सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का खिमानान्द कँडेल, कोषाध्यक्षमा नेविसंका सृष्टि आचार्य, सदस्यहरुमा कृष्णबहादुर अठारे, सुनिल गौतम, बिशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवी रोका, रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिक चयन भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend