२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मानव सेवा आश्रमको खर्च सार्वजनिक


जनमञ्च संवाददाता
  • २२ चैत्र २०७९ , बुधबार

  • मानव सेवा आश्रमको खर्च सार्वजनिक

    बागलुङ, २२ चैत्र– दाताहरुको सहयोगबाट बागलु्ङमा सञ्चालित मानवसेवा आश्रम सातौं बर्षमा प्रवेश गरेको छ । आश्रमले सातौ स्थापना दिवशको अबसरमा आर्थिक बर्ष २०७८÷०७९ को आयव्याय विवरण पनि सार्वजनिक गरेको छ ।
    आश्रम संचालक तथा अभियान्ता बिपना तामाङले प्रस्तुत गरेको बिवरणमा कुल २ करोड २९ लाख ५३ हजारको सम्पत्ति विवरण भएको उल्लेख गरिएको छ । मंगलबार भएको सार्वजनिक कार्यक्रममा तामाङले दानबाट ३५ लाख ५८ हजार रकम प्राप्त भएको जानकारी दिइन् ।
    त्यस्तै, खर्चतर्फ १ करोड ७५ लाख ३५ हजार रहेको छ । उक्त खर्च गत बर्षदेखि निर्माण थालिएको भवनमा धेरै खर्च भएको छ । सामाजिक बिकास कार्यालय बागलुङको तीन बर्षदेखि ५० लाखको दरले भवन निर्माणमा सहयोग भैरहेको उनको भनाई थियो ।
    आश्रम संचालन खर्चतर्फ १ करोड ७५ लाख, प्रशासनिक खर्च ६ लाख ३८ हजार, कार्यक्रम खर्च १ लाख ३० हजार, कर्मचारीतर्फ ४ लाख ९१ हजार, मर्मत सम्भार तर्फ १ लाख ७६ हजार रुपैयाँ खर्च भएको देखिएको हो । कार्यालयमा उपकरण खरिद, फर्निचर लगायतका सामाग्री खरिद गरिएको छ ।
    हाल आश्रममा ४९ जनाले आश्रय लिइरहेका छन् । उनीहरुलाई आश्रमले खानेबस्ने व्यवस्थापन गरेको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानव सेवा नै सर्बोत्तम सेवा भएको बताए । उनले आफ्नो घरबारसमेत त्यागेर सेवामा लागेकाहरुबाट राज्यको दायित्व बहन गरिनु सम्मानजनक काम भएको भन्दै आश्रम संचालकलाई धन्यवाद दिए ।
    आश्रमका अभिभावक निर्मल श्रेष्ठको अध्यक्षता, अभियान्ता होमनाथ तिमिल्सिनाको संचालन र लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, सामाजिक बिकास कार्यालयका प्रमुख डम्बरबहादुर जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend