१९ साउन २०८३ , मंगलबार

१९ साउन २०८३ , मंगलबार
  • १९ साउन २०८३ , मंगलबार
  • August 4 2026

बडिगाडमा मकैबाली प्रर्वद्वन कार्यक्रम


जनमञ्च संवाददाता
  • २५ चैत्र २०७९ , शनिबार

  • बडिगाडमा मकैबाली प्रर्वद्वन कार्यक्रम

    बागलुङ, २५ चैत्र– जिल्लाको बडिगाड गाउँपालिकाले यो वर्ष मकैबाली प्रर्वद्वन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्ने गरी वीउ वितरण गरेको छ ।
    २० लाख २० हजार बजेटबाट मकैबाली प्रबद्र्धन कार्यक्रम लागु भएका वडामा कृषक समुह गठन गरी मकैको बिउ वितरण भैरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताए । वडामा मकैको बिउसँगै कोसे तरकारी बालीको विउसमेत निशुल्क वितरण गरिएको छ ।
    गाउँपालिकाको दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको विउ किसानलाई वितरण गरिएको वलीले जानकारी दिए । ‘९० रुपैयाँमा वीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलव्ध गराएका छौं’ वलीले भने ।
    गाँउपालिकाको वडा नंं. १, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रर्वद्वन कार्यक्रमअन्तर्गत बिउ वितरण गरिएको हो । मध्यपहाडमा उपयुक्त हुने मनकामाना–३ जातको मकै निकै स्वादिष्ट हुने भएकाले किसानको रोजाईमा पर्ने गरेको छ ।
    मनकामना–३ को विउ उत्पादन गर्दै आएको दगातुन्डाँडा कृषि समुहले यो बर्षदेखि देउकी जातको विउ उत्पादन गर्नेगरी तयारी थालेको छ । समुहका अध्यक्ष भिमसेन वनका अनुसार, यो वर्ष उत्पादित १६ क्विन्टल विउमध्ये १२ क्विन्टल बिक्री भएको गरिएको छ ।
    समुहले यसवर्ष बडिगाडमा पाँच क्विन्टल ८० किलोग्रोम, ढोरपाटनमा चार क्विन्टल र निसीखोलामा २ क्विन्टल वितरण गरेको छ । देउती जातको मकै उत्पादनको तयारी थालेको समूहले अझै कलस्टरको टुंगो भने नलगाएको वनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend