८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न: ओली


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न: ओली

    रुपन्देही, ६ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

    कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

    ओलीले भने, ‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’

    आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो ।

    मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए ।

    कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे ।
    ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’

    कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ अघि बढ्ने बताउँदै उनले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने उल्लेख गरे ।

    ओलीले भने, ‘म ७० वर्षको भएँ, १८ घण्टा काम गर्छु । तपाईंहरू पनि काम गर्नुस्, अनि मात्र पार्टी अघि बढ्छ ।’

    कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताए ।

    ‘हामी जनताबाट डराएका छैनौं, हामी चुनाव चाहन्छौं, परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उनले भने ।

    कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

    एमाले प्रवेश गरेका नेता मंगलप्रसाद गुप्ताले कपिलवस्तुलगायत यस क्षेत्रको विकासको गति थप अगाडि बढाउने बताए ।

    मंगलबार अन्य पार्टी परित्याग गरी ६ हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष छविलाल पोखरेलले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend