१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

पर्यटकीय तीनचुलेमा पुग्यो सडक र खानेपानीको सुविधा


जनमञ्च संवाददाता
  • ५ बैशाख २०८० , मंगलबार

  • पर्यटकीय तीनचुलेमा पुग्यो सडक र खानेपानीको सुविधा

    बागलुङ, ५ बैशाख– बागलुङको ताराखोला र म्याग्दीको मंगला गाउँपालिकाको सिमानामा अवस्थित तीनचुलेमा सडक र खानेपानी सुविधा पुग्यो, पर्यटन प्रर्वद्वनका लागि दुई पालिकाले सहकार्य गर्ने,
    म्याग्दीको मंगला गाउँपालिका वडा नंं ५ र बागलुङको ताराखोला गाउँपालिका वडा नं. ४ को सिमानामा रहेको तीनचुलेमा सडक र खानेपानी सुविधा पुगेको छ ।
    ताराखोला र गण्डकी प्रदेश सरकारको लगानीमा तिनचुलेमा सडक र लिफ्ट प्रविधिमार्फत खानेपानी पु¥याइएको हो । ताराखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष जीतबहादुर खत्रीले नागबेलीखोलादेखि दावाहँुदै तिनचुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको जानकारी दिए ।
    ताराखोला गाउँपालिकाको १० लाख र गण्डकी प्रदेश सरकारको ७५ लाख लगानीमा सडक निर्माण गरिएको खत्रीले बताउनुभयो । तीन वर्षअघि सुरु भएको सडक निर्माणकार्य सकिएसंगै दुई घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ ।
    यसैगरी, गण्डकी प्रदेश सरकारको २१ लाख लगानीमा पहाडको फेदीको मुहानबाट सौर्य ऊर्जाको प्रयोग गरि पानी तानेर तिनचुलेमा पु¥याइएको छ ।
    ताराखेलाका अध्यक्ष धनबहादुर विक र मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले दुई पालिकाले सहकार्य गरेर धार्मिक महत्वसमेत बोकेको तिनचुलेमा पर्यटन प्रर्वद्वनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
    चैतेथरीको मुहानबाट दुई हजार दुई सय मिटर लामो पाइपबाट लगेको पानी पाँच हजार लिटर क्षमताको ट्याङ्कीमा संकलन र दुई वटा धारा बनाइएको ताराखोलाको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिए ।
    २ हजार ९ सय ७० मिटरको उचाइमा रहेको तीनचुले प्रशस्त पर्यटकीय सम्भावना बोकेको ठाउँ भएपनि पूर्वाधार र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । तीनचुलेबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, निलगिरी लगायतका हिमाल, बागलुङ र म्याग्दीको भूगोलका साथै सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend