१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा पर्वतका शर्मा नियुक्त


जनमञ्च संवाददाता
  • ५ बैशाख २०८० , मंगलबार

  • राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा पर्वतका शर्मा नियुक्त

    बागलुङ, ५ बैशाख– राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
    पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक कार्यरत थिए ।
    शर्माले नेपाल समाचार पत्र, पोखरापत्र, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायत सञ्चार संस्थामा काम गरेका छन् । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend