१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो


जनमञ्च संवाददाता
  • ८ बैशाख २०८० , शुक्रबार

  • एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो

    काठमाडौं, ८ बैशाख– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
    खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमानका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो ।
    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend