बागलुङ, १६ बैशाख– सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ बागलुङको अध्यक्षमा कुल बहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् । महासंघको बागलुङमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट बागलुङ नगरपालिकाका कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा ताराखोला गाउँपालिकाका दिपक रोका, महासचिवमा काठेखोला गाउँपालिकाका उजेली शर्मा, कोषाध्यक्षमा गलकोट नगरपालिकाका कल्पना भण्डारी, सदस्यहरुमा घनिश्याम कुँवर, पूर्णमाया रोका, कालिका खरेल, दिलु पुन, तुलसी शर्मा र लालकुमारी बुढामगर चयन भएका छन् ।
बागलुङमा ५ सय २८ वटा सामुदायिक वनमार्फत ७१ हजार २ सय ५२ घरधुरीका बासिन्दा लाभान्वित भएको जनाइएको छ ।