१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026
अर्ना जेसिज कप फुटबल

चिल्ड्रेन र वीर गोर्खाली सेमीफाइनलमा भीड्ने (फोटो फिचर)


जनमञ्च संवाददाता
  • २० बैशाख २०८० , बुधबार

  • चिल्ड्रेन र वीर गोर्खाली सेमीफाइनलमा भीड्ने (फोटो फिचर)

    बागलुङ, २० बैशाख– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र वीर गोर्खाली युवा क्लब बाङेचौर खेल मैदानमा जारी अर्ना जेसिज कप फुटबलको सेमीफाइलमा भीड्ने भएका छन् । यसअघिको खेल जित्दै श्री मेयर गण बागलुङ र कालीपुल युनाइटेड क्लब बेनीले सेमीफाइनलमा भेट पक्का गरेका छन् ।
    बुधबार सम्पन्न पहिलो खेलमा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले ६–० गोल गर्दै पर्वत बेनीको नव उत्साही समूहलाई निराश बनायो । चिल्ड्रेनको जितमा नाइजेरियन खेलाडि जोन ग्लोरीले ४ गोल गरे । नेपालको ए डिभिजन क्लब फ्रेन्डस्बाट खेलिसकेका ग्लोरीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरे ।
    एकतर्फी खेलमा नव उत्साही समूहले गोल गर्ने कुनै पनि मुभ बनाउन सकेन् । फितलो डिफेन्सलाई चिर्दै चिल्डे«नका मोहन थापाले ४७ र दिपेश मल्लले ७९ औं मिनेटमा १/१ गोल थपे । चिल्ड्रेनलाई जिताउन ४ गोलको योगदान गरेका ग्लोरी म्यान अफ दि म्याच घोषित भए ।
    यस्तै, बुधबारै भएको दोस्रो खेलमा वीर गोर्खालीले गुठी युथ क्लबमाथि ३–० गोलको जित निकालेको छ । वीर गोर्खालीले भोलि चिल्डे«न लाइफ स्पोर्टस् क्लबसंग सेमीफाइलको खेल खेल्ने छ । तीन अफ्रिकी खेलाडि मैदानमा उतारेको वीर गोर्खालीलाई जिताउन सशिल थापाले २ र अन्जन चौधरीले १ गोल गरे । पहिलो हाफको २९ औं मिनेटमा उत्कृष्ट हेड गोल गर्दै टिमलाई अग्रता दिलाएका थापाले दोस्रो हाफमा थप एक गोल गरेका थिए ।
    प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडि, गोलरक्षकलगायत पाँच अलग–अलग विधिामा खेलाडिलाई सम्मान तथा पुरस्कार वितरण गरिने प्रतियोगिताका मुल संयोजक सौरभ खत्रीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend