१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु


जनमञ्च संवाददाता
  • २३ बैशाख २०८० , शनिबार

  • रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

    म्याग्दी, २३ बैशाख– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    प्रहरी निरीक्षक किरण लामाका अनुसार, ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका भण्डारीलाई जिल्ला अस्पताल बेनीमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना अवलोकन गर्ने क्रममा भण्डारीले टेकेको ढुंगाबाट चिप्लिएर खसेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend