१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

उदीयमान खेलाडी बने क्रिकेटका सुवास भण्डारी


जनमञ्च संवाददाता
  • २३ बैशाख २०८० , शनिबार

  • उदीयमान खेलाडी बने क्रिकेटका सुवास भण्डारी

    पोखरा, २३ बैशाख– पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको उदीयमान खेलाडीमा क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै बागलुङका भण्डारी उदीयमान खेलाडी घोषित भएका हुन् ।
    १९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशको यु–१९ टिम कप्तानसमेत हुन् । नेपाललाई यु–१९ विश्वकप छनोटमा पु¥याउन भण्डारीको ठूलो योगदान थियो । नेपालले क्रिकेटको यु १९ विश्वकप खेल्दैछ ।
    भण्डारीले यु–१९ विश्वकप छनोटका लागि खेलका पाँच खेलमा कुल ७ विकेट लिए । भण्डारीले सिंगापुरविरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट, हङकङविरुद्ध १० ओभरमा १० रन खर्चेर २ विकेट, मलेसियाविरुद्ध ९ ओभरमा ३० रन खर्चेर १ विकेट र युएईविरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए ।
    बागलुङमा जन्मिएका भण्डारी कास्कीमा नै रहेर क्रिकेट खेलिरहेका थिए । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले ६ खेलमा १२४ रन पनि बनाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend