पोखरा, २३ बैशाख– वर्ष उत्कृष्ट पुरुष खेलाडी तर्फको अर्वाड क्रिकेटका करण केसीले हात पारेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा आयोजित सातौं संस्करणको पोखरा स्पोर्टस अवार्डमा बागलुङ सिगानाका केसीले अवार्ड जित्न सफल भए । केसीले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन् ।