१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

वन्यजन्तुका लागि म्याग्दीका ६ सामुदायिक वनमा पोखरी निर्माण


जनमञ्च संवाददाता
  • २६ बैशाख २०८० , मंगलबार

  • वन्यजन्तुका लागि म्याग्दीका ६ सामुदायिक वनमा पोखरी निर्माण

    म्याग्दी, २६ बैशाख– वन्यजन्तुका लागि म्याग्दीका ६ सामुदायिक वनमा पोखरी निर्माण, पानी र आहराका लागि मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुने विश्वास,
    वन्यजन्तुका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा म्याग्दीका ६ सामुदायिक वनमा वन्यजन्तुका लागि पानी पिउन पोखरी निर्माण गरिएको हो ।
    मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण गरिएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए । ‘वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जंगलमै पोखरी बनाइएको हो’ क्षेत्रीले भने ।
    क्षेत्रीका अनुसार पोखरी बनाउन छ वटै स्थानीय तहमा एक÷एक सामुदायिक वन उपभोक्ता समूह छनोट भएका थिए । करिब ६२ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर रहेको छ । प्रतिपोखरी निर्माणका लागि एक लाखका दरले बजेट विनियोजन गरिएको थियो ।
    बेनी नगरपालिकाको बराहपाखो, धवलागिरि गाउँपालिकाको भगवती महिला, अन्नपूर्ण गाउँपालिकाको घुमाउने कोखे सल्लेरी, मंगला गाउँपालिकाको खुम्लीया, दह, रघुगंगा गाउँपालिकाको बादुक भूमेबराह सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए ।
    गत आर्थिक वर्षमा म्याग्दीका दश सामुदायिक वनमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिएको थियो । पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाको विश्वास छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend