१८ साउन २०८३ , सोमबार

१८ साउन २०८३ , सोमबार
  • १८ साउन २०८३ , सोमबार
  • August 3 2026

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु


जनमञ्च संवाददाता
  • २६ बैशाख २०८० , मंगलबार

  • बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

    म्याग्दी, २६ बैशाख– बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ ।
    बेनी अस्पतालका निमित्त प्रमुख डा. अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालनमा आएको जानकारी दिइन् । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मजात असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगको उपचार हुनेछ ।
    अस्पतालमा चार शैयाको फिजियोथेरापी कक्ष स्थापना गरिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ८ लाख बजेटबाट फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो ।
    अस्पतालले फिजियोथेरापिष्ट चिकित्सक कान्तीलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ । पछिल्लो समय बिरामीको संख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।
    यसअघि फिजियोथेरापी सेवा लिन म्याग्दीका बासिन्दालाई पोखरा, बागलुङ, काठमाडौँ धाउनुपर्ने बाध्यता थियो । बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत हुने छ । अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको अध्यक्ष सुवेदीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend