बागलुङ, २ जेठ– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामदेखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रद्र्धशन गरिएको छ ।
भ्रष्टाचारबिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र मजदुरले प्रद्र्धशन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिए । साथै, उनीहरुले भ्रष्टाचारका दोषीलाई कारवाही माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।
उनीहरुले नक्कली भुटानी शरणार्थी मुद्दादेखि सबैखाले मुद्दामा राज्य शुन्य सहनशिलतामा उत्रनुपर्ने धारणा राखेका थिए । अभियानका अगुवा एकबहादुर केसीले अब नागरिक स्वतस्फूर्त आन्दोलनमा उत्रने बेला भएको बताए । पहिलो दिन सामाजिक संजालबाट आब्हान गरिएको प्रर्दशनमा सयौं नागरिक उपस्थित थिए ।
भ्रष्टाचार बिरोधी व्यानर र प्लेकार्ड बोकेका स्थानीयले कारवाही गर्न खुट्टा कमाउन नहुने धारणा राखेका थिए । उनीहरुले भ्रष्टाचारबिरुद्ध नाराबाजी गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएपछि उनीहरुले आन्दोलनको अभिायन जारी राख्ने बताएका छन् ।